एजेन्सी  / फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (मंगलबार) चार खेल हुँदैछ। मंगलबार समूह चरण अन्तर्गतको अन्तिम चरणका खेल हुन लागेको हो।  

आज समूह ‘ए’ र ‘बी’ का दुई–दुई खेल हुनेछ। समूह  ‘ए’ मा रहेका इक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतारबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल नेपाली समयअनुसार बेलुकी पौने ९ बजे सुरु हुनेछ। 

OM Sai Pathibhara Hospital

समूह ‘बी’ मा रहेका इरान र अमेरिका तथा वेल्सइङ्ल्याण्डबीच खेल हुँदैछ। यी खेल राति पौने १२ बजे सुरु हुनेछ मा हुनेछ । यी चारै खेलबाट अन्तिम १६ मा पुग्ने राष्ट्रको टुंगो लाग्नेछ।