एजेन्सी / क्रिस्टियानो रोनाल्डोले अन्ततः प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड छाड्ने भएका छन् । युनाइटेडले मंगलबार एक विज्ञप्ति जारी गर्दै रोनाल्डोसँगको सम्झौता आपसी समझदारीमा रद्द भएको र उनले क्लब छाड्ने जनाएको छ । पछिल्लो समय प्रशिक्षक एरिक टेन हागसँग सम्बन्ध राम्रो नहुँदा रोनाल्डोले क्लबमा पर्याप्त खेल्ने अवसर पाएका थिएनन् र भने उनको व्यवहारले उनी विवादमा समेत तानिएका थिए ।

रोनाल्डोले केही समयअघि एक अन्तर्वार्तामा युनाइटेडले आफूलाई घात गरेको भन्दै क्लबको विपक्षमा बोलेका थिए । रोनाल्डो हाल कतारमा विश्वकप खेल्न पोर्चुगलको टिमसँगै कतारमा छन् । युनाइटेडले रोनाल्डोलाई दुई स्पेसल ओल्ड ट्राफोर्डमा बिताएकोमा धन्यवाद दिएको छ । रोनाल्डोले युनाइटेडमा कूल ३४६ खेल खेल्दै १४५ गोल गरेका थिए ।