एजेन्सी / फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी मा विहीबार स्विट्जरल्याण्डले अफ्रिकी राष्ट्र क्यामरुनको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे अल जनौब रङ्गशालामा हुनेछ ।

छनोटमा विश्वकपको पूर्व विजेता इटालीलाई पन्छाउँदै आएको स्विट्जरल्यान्ड पुरानै लय कायम राख्ने सुरमा हुनेछ । स्विट्जरल्यान्ड १२ औं पटक विश्वकप खेल्दैछ ।

OM Sai Pathibhara Hospital

सन् २००६ यता लगातार छनोट भएको टोलीले समूह चरणका पछिल्लो १२ मध्य २ खेलमा मात्र पराजित भएको छ । पछिल्लो ४ समूह चरण खेलमा टोली अपराजित छ ।

क्यामरुन विश्वकप खेल्न लागेको यो आठौं अवसर हो । पछिल्लो संस्करणमा छनोट हुन नसकेको टोली विश्वकपमा खराब लयलाई टुंग्याउन चाहन्छ । क्यामरुनले विश्वकपमा पछिल्लो ७ खेल हारेको छ ।

यी दुई टोलीबीच अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक भेट हुन लागेको हो । स्विस टोलीले पछिल्लो पाँच विश्वकपमा पहिलो खेल हारेको छैन । पछिल्लो ५ सहभागितामा ४ पटक टोलीले समूह चरण पार गरेको छ ।

क्यामरुन विश्वकपमा सर्वाधिक खेल खेल्ने टोली हो । हालसम्म ३७ खेल खेल्दा टोलीले १२ जित, ८ बराबरी र १७ हारको नतिजा निकालेको छ । यता स्विट्जरल्याण्डले २३ खेलमा ४ जित, ७ बराबरी र १२ हार बेहोरेको छ ।