झापा / विश्वकप फुटबल अन्तर्गत आज चार खेल हुँदैछन्। शुक्रबार साँझ समूह  ‘ए’ अन्तर्गत कतार र सेनेलगलबीच ६ः४५ मा खेल हुनेछ भने दोस्रो खेलमा नेदरल्याण्डइक्वेडरबीच ९ः४५ मा हुनेछ।

त्यसैगरी समूह ‘बी’ अन्तर्गत वेल्सइरानबीच दिउँसो ३ः४५ मा प्रतिस्पर्धा सुरु हुनेछ इङ्ल्याण्ड र अमेरिकाबीच बिहान १२ः४५ मा खेल सुरु हुनेछ। आजको खेलमा इंग्ल्यान्ड लगातार दोस्रो जितको खोजीमा हुनेछ भने अमेरिका पहिलो जित निकाल्न चाहन्छ।

OM Sai Pathibhara Hospital

विश्वकप फुटबलमा बिहीबार भएको खेलमा ब्राजिल, पोर्चुगल र स्विटजरल्यान्डले विजयी सुरुवात गरेका छन्। हिजो भएको खेलमा ब्राजिलले सर्वियालाई २–० ले, पोर्चुगलले घानालाई ३–२ ले तथा स्विजरल्यान्डले क्यामरुनलाई १–० ले हराएका हुन्। उरुग्वे र दक्षिण कोरियाले भने गोलरहित बराबरी खेलेका छन्।