काठमाडौं— संखुवासभामा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चैनपुर नगरपालिका–७ घर भई मादी नगरपालिका–४, डाँडागाउँमा बस्दै आएका ५६ वर्षीय अमरबहादुर सार्की छन् ।

आफ्नी श्रीमती ४३ वर्षीया फूलमाया मुदेलको हत्या गरेको उनीमाथि आरोप छ । घरायसी विवादका क्रममा उनले आफ्नै घरमा रहेको धारिलो हतियार (खुकुरी) प्रहार गरी श्रीमतीको हत्या गरेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

घटनामा प्रयोग गरिएको खुकुरीसहित उनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान कानुनी प्रक्रिया अघि बढाएको छ ।