काठमाडौं / यू- १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सोमबार दुई खेलहरू हुँदैछन् । किर्तिपुरस्थित टीयू मैदान र मूलपानीमा रहेको क्रिकेट मैदानमा एक एक खेल हुनेछन् । टीयू मैदानमा हुने खेलमा प्रदेश- १ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रदेश- १ दुई खेलमा १ जित र १ हारका साथ २ अङ्कमा रहेर अङ्क तालिकाको चौथो स्थानमा रहेको छ । प्रदेश- १ सुदुरलाई पराजित गरि तेस्रो स्थानमा उक्लन चाहन्छ ।

OM Sai Pathibhara Hospital

उता, सुदूरपश्चिम चौथो जितको खोजीमा रहेको छ । तीन खेलमा नै अपराजित सुदूरपश्चिम ६ अङ्कका साथ अङ्क तालिकाको र्शीष स्थानमा रहेको छ ।

मूलपानीमा हुने खेलमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको बीच खेल हुनेछ । लुम्बिनी २ खेलमा १ जित तथा १ हारका साथ २ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । 

आजको खेल जितेर लुम्बिनी तेस्रो स्थानमा कायम रहिरहन चाहन्छ । तीन खेलमा अङ्क बिहिन गण्डकी आजको खेलमा पहिलो अङ्क जोड्न चाहन्छ । दुबै खेल बिहान ९ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा प्रदेश- १, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् । यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।