एजेन्सी / कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा आज चार खेल हुँदैछ । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई/दुई खेल  हुँदैछन् । पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः ४५ बजे सुरु हुनेछ ।

जापान दोस्रो जितको खोजीमा हुनेछ । यसअघि भएको पहिलो खेलमा जापानले जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । यता कोस्टारिका भने पहिलो जितको खोजीमा हुनेछ । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७–० को गोलअन्तरमा पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा समूह ‘एफ’ का बेल्जियम र मोरक्कोबीच भिडन्त हुनेछ । उक्त खेल साँझ ६ः ४५ बजे सुरु हुनेछ । पहिलो खेलमा क्यानडालाई १–० गोलअन्तरले पराजित गर्दै बेल्जियम विजयी भएको थियो ।

OM Sai Pathibhara Hospital

मोरक्को भने पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो । विश्वकप अन्तर्गत आजै हुने तेस्रो खेलमा क्रोएसिया र क्यानडाबीच भिडन्त हुनेछ । समूह ‘एफ’ का क्रोएसिया र क्यानडाबीचको खेल राति ९ः ४५ बजे सुरु हुनेछ । क्रोएसिया र क्यानडा पहिलो जितको खोजीमा रहेका छन् । पहिलो खेलमा क्रोएसियाले मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो भने क्यानडा बेल्जियमसँग पराजित भएको थियो ।

त्यस्तै आजै हुने चौथो तथा अन्तिममा खेलमा समूह ‘इ’ का जर्मनीले स्पेनको सामना गर्नेछ । उक्त खेल नेपाली समयानुसार राति १२ः ४५ बजे सुरु हुनेछ । पहिलो खेलमा हार व्यहोरेको जर्मनी पहिलो जितको खोजीमा हुनेछ । तस्तै स्पेन भने दोस्रो जित हात पार्ने दाउमा हुनेछ ।