एजेन्सी /  मंगलबार मात्रै युनाइटेडसँग आपसी समझदारी सम्झौता तोडेका म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई दुई खेलमा प्रतिबन्ध लगाइएको छ । अप्रिलमा एभर्टन विरुद्धको खेलमा पराजित भएपछि एभर्टनका समर्थकको फोन फुटाएको आरोपमा रोनाल्डोलाई फुटबल एसोसिएसन दुई खेलमा प्रतिबन्ध लगाइएको हो । अहिले क्लबविहिन बनेका उनलाई ५० हजार पाउण्ड जरिवाना समेत सुनाइएको छ ।

हाल उनी विश्वकप फुटबल खेल्नका लागि रोनाल्डो पोर्चुगिज टिमसँग कतारमा छन् र बिहीबार पोर्चुगलले पहिलो खेल घाना विरुद्ध खेल्दैछ । अब रोनाल्डो जाने नयाँ क्लबमा उनको प्रतिबन्ध लागु हुनेछ । तर महादेशीय स्तरको क्लब प्रतियोगिता च्याम्पियन लिगहरूमा भने प्रतिबन्ध लागू हुने छैन । गत अगस्टमै पुलिसले रोनाल्डोलाई यस विषयमा सचेत गराइसकेको थियो भने रोनाल्डोले पनि उक्त समर्थकसँग माफी मागिसकेका थिए ।