एजेन्सी / फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गरेको छ । शनिबार राति अर्जेन्टिनाले मेक्सिकोलाई २-० ले पराजित हो ।  समूह सीको पहिलो खेलमा साउदी अरेबियासँग स्तब्ध बनेको अर्जेन्टिनाले दोस्रो खेलमा शानदार जित निकाल्यो । लियोनल मेस्सीले एक गोल गर्दै अर्को गोलको अवसर सिर्जना गरेपछि अर्जेन्टिनाको जित सुनिश्चित बनेको हो ।

खेलको ६४ औं मिनेटमा एन्जल डि मारियाको पासलाई सदुपयोग गर्दै मेस्सीले अर्जेन्टिनालाई अघि बढाएका थिए । खेल सकिन तीन मिनेट अघि मेस्सीको पासमा फर्नान्डेजले गोल गर्दै दक्षिण अमेरिकी टिमको जित सुनिश्चित गरे । जितसँगै अर्जेन्टिनाले विश्वकपको अघिल्लो चरणको यात्रालाई जीवितै राखेको छ । समूह सीमा अर्जेन्टिना तीन अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।