आर्थिक

    Showing 4,111-4,120 of 4,335 items.
  • ह्वात्तै घट्यो सुनको मूल्य, आज तोलाको कति ?

    बिर्तामोड / नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले घट्दै ९० हजार रुपैयाँमा झरेको हो ।गत मंगलबार सुन प्रतितोला एक सय रुपैयाँले घट्दै ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै यता तेजाबी सुनको मूल्य आज प्रतितोला ५५० रुपैयाँले नै घट्दै ८९ हजार ५५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।यता चाँदीको मूल्य भने गत मङ्गलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घट्दै एक हजार २९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः असार १६, २०७८
    • 305 पटक पढिएको
  • सुनसरीमा मौलायो तस्करी, प्रहरी मासिक असुलीमा व्यस्त

    विराटनगर / कोरोनाको दोस्रो लहर आएसँगै दुई महिना देखि नेपाल भारत सीमा बन्द छ । सर्वसाधारणलाई सीमापारि जान र आउन समस्या भएपछि अवैध कारोबारी बढ्न थालेको छ ।  सीमामा खटिएका सुरक्षाकर्मी तस्करको हितैसी भएपछि चोरी पैठारी र निकासी निकै मौलाएको छ । चोरी निकासी र पैठारी नियन्त्रणका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा एक समिति भए पनि तस्करी नियन्त्रणमा खासै भूमिका निर्वाह गरेको भने देखिएको छैन ।सुनसरीमा भारतसँग सीमा जोडिएको ६१.९ किलोमिटरमा सशस्त्रका एक दर्जन बोर्डर आउट पोस्ट (बिओपी) छन् । नेपाल प्रहरीको पनि सीमा प्रहरी चौकी सोही सङ्ख्यामा रहेको छ । सुनसरीको विभिन्न ५१ वट

    • प्रकाशित मितिः असार १६, २०७८
    • 414 पटक पढिएको
  • स्याउ तस्करी प्रकरण : डीआईजी कै घुमुवा संलग्न

    विराटनगर / सुनसरीको सीमावर्ती क्षेत्रबाट भएको भनिएको चिनियाँ स्याउ तस्करी प्रकरणमा प्रदेश प्रहरी कार्यालय विराटनगरकै घुमुवा संलग्न रहेको खुलेको छ । प्रदेश प्रमुख डीआईजी मातहतको घुमुवा टोलीकै सहयोगमा तस्करी भएको आशंका भइरहेको समयमा यो विषयको खुलासा भएको हो ।स्याउ तस्करी प्रकरणका विषयमा छानविन गर्न बनेको एसएसपी राजेन्द्र प्रसाद चौधरी नेतृत्वको समितिले तस्करीमा प्रदेश प्रहरी कार्यालयका घुमुवा नै संलग्न रहेको भन्दै उनीमाथि कारवाहीको सिफारिस गरेपछि यो विषय थप पेचिलो बनेको छ ।  भारतीय प्रहरीले गत जेठ ३० गते नेपालबाट अवैध रुपमा गएको चाइनिज स्याउ बरामद गरेपछि यो विषयमा छानविन सुरु भएको थियो

    • प्रकाशित मितिः असार १४, २०७८
    • 288 पटक पढिएको
  • आज कति छ सुनचाँदीको मूल्य ?

    बिर्तामोड  / नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार २०० रुपैयाँले बढेको सुनको भाउ सोमवार भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाला सुन सोही मूल्यमा खरिदबिक्री भएको थियो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, सोमवार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

    • प्रकाशित मितिः असार १४, २०७८
    • 228 पटक पढिएको
  • बजेट : झापाका दुई गाउँपालिकाले नागरिकको विद्युत् शुल्क तिरिदिने

    बिर्तामोड / झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन् ।झापा गाउँपालिकाले २० युनिटभन्दा कम विद्युत् खपत गर्ने पालिकाभित्रका सबै नागरिकको शुल्क तिरिदिने अध्यक्ष जयनारायण साहले बताए । उक्त विद्युत् शुल्क तिरिदिनका लागि पालिकाले नवौँ गाउँसभाबाट २० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए ।यसैगरी कमल गाउँपालिकाले आगामी आर्थिक २०७८/७९ को बजेटबाट कृषकहरूले सिँचाइमा खपत गरेको बिजुलीको बिल तिरिदिने भएको छ । फागुन, चै

    • प्रकाशित मितिः असार १४, २०७८
    • 199 पटक पढिएको
  • आज सुनचाँदीको बजार मूल्य कति छ ?

    बिर्तामोड / नेपाली बजारमा आज सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार तोलाको २ सयले बढेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजाबी सुनको मूल्य तोलाको ९० हजार २ सय रुपैयाँ रहेको छ ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार ३ सय ५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः असार १३, २०७८
    • 204 पटक पढिएको
  • बजेट : बाल शिक्षक र कर्मचारीको तलबका विषयमा विवाद

    बिर्तामोड / भद्रपुर नगरपालिकाले बाल शिक्षक र कर्मचारीको सेवा सुविधा संघीय सरकारले तोकेको भन्दा कम बनाएपछि विवाद सुरु भएको छ । नगरपालिकाले बजेट मार्फत संघीय सरकारको निती भन्दा कम दिने तयारी गरेपछि विवाद सुरु भएको हो ।  शिक्षक महासङ्घका अध्यक्ष गणेश गिरी र शिक्षक संघकी अध्यक्ष मञ्जु दाहालले विज्ञप्ति जारी गरी स्थानीय सरकारको निती प्रति आपत्ति जनाएका छन् । जारी विज्ञप्तिमा संघीय सरकारको नीति विपरीत शिक्षक कर्मचारीको सेवा सुविधा तोकिएको भन्दै तत्काल सो निर्णय सच्याउन माग गरिएको छ ।संघीय सरकारले बजेट मार्फत बाल शिक्षक र कर्मचारीको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ बनाउने घोषणा गरेको भएपनि स्थ

    • प्रकाशित मितिः असार ११, २०७८
    • 180 पटक पढिएको
  • जीवन विकास लघुवित्तको आइपीओ आज देखि खुल्दै

    काठमाण्डौ / जीवन विकास लघुवित्तको आइपीओ आज देखि खुल्दै छ । कम्पनीले एक सय रुपैयाँ दरको १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। ३० हजार ४२० कित्ता कर्मचारी र ९८ हजार ८६५ कित्ता म्युचअल फन्डको लागि छुट्याइएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको आइपीओमा न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओ छिटोमा असार १५ र ढिलोमा असार २५ गतेसम्म बिक्रीमा रहनेछ । कम्पनीले आईपीओ बिक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत जेठ ३० गते अनुमति पाएको हो । कम्पनी

    • प्रकाशित मितिः असार ११, २०७८
    • 154 पटक पढिएको
  • नेप्सेमा १६ अंकको गिरावट

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । बुधबारको तुलनामा १६ अंकले घटेपछि नेप्से २ हजार ८ सय ४३ विन्दुमा ओर्लेको छ । बुधबार नेप्से करिब ५१.६५ अंकले घटेको थियो ।आज होटल्स तथा टुरिजम बाहेक उपसमूहको परिसुचक घटेको हो । साताको कारोबारको अन्तिम दिन (बिहीबार) आज पनि नेप्से १६ दशमलव ९६ अंकले घटेर २८ सय ४३ विन्दुमा थामिएको हो । त्यसैगरी, सेन्सेटिभ इन्डेक्स पनि ३.१७ अंकले घटेर ५२५ दशमलव ६४ विन्दुमा रोकिएको छ । आज नेप्सेमा जम्मा ७ अर्ब रुपैयाँको कारोबार भएर एक करोड ३२ लाख कित्ता सेयर किनबेच भएको छ। 

    • प्रकाशित मितिः असार १०, २०७८
    • 140 पटक पढिएको
  • टिप्पणी : प्रसाईका चालक जसले लोपोन्मुख मार्सीलाई निर्यात योग्य बनाइदिए

    बिर्तामोड / केही वर्ष अघि सम्म आम नेपालीलाई थाहा नै नरहेको मार्सी चामल विदेश निर्यात हुन थालेको छ । देशभरका डिपार्टमेन्ट स्टोरमा पाउन थालिएको लोपोन्मुख मार्सी चामल यति बेला जापान सहित विश्वका कयौं मुलुकमा निर्यात हुन थालेको हो ।कर्णाली प्रदेशका हुम्ला र जुम्ला लगायतका पहाडी जिल्लामा उत्पादन हुने मार्सी चामल तिन वर्ष अघि झापाको बिर्तामोड स्थित प्रस्तावित मेडिकल कलेजका संचालक दुर्गा प्रसाईँको भान्सामा पुगेपछि एकाएक चर्चामा आएको थियो ।नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता छलफलमा प्रसाईँको भक्तपुरको ठिमी स्थित निवासमा मार्सी चामलको खाना बनेसँगै मार्सी चामलको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा ब्

    • प्रकाशित मितिः असार १०, २०७८
    • 496 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.