बिर्तामोड  / नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार २०० रुपैयाँले बढेको सुनको भाउ सोमवार भने स्थिर रहेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाला सुन सोही मूल्यमा खरिदबिक्री भएको थियो । 

OM Sai Pathibhara Hospital

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, सोमवार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।