बिर्तामोड / नेपाली बजारमा आज सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।

सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार तोलाको २ सयले बढेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजाबी सुनको मूल्य तोलाको ९० हजार २ सय रुपैयाँ रहेको छ ।

OM Sai Pathibhara Hospital

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार ३ सय ५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।