बिर्तामोड / भद्रपुर नगरपालिकाले बाल शिक्षक र कर्मचारीको सेवा सुविधा संघीय सरकारले तोकेको भन्दा कम बनाएपछि विवाद सुरु भएको छ । नगरपालिकाले बजेट मार्फत संघीय सरकारको निती भन्दा कम दिने तयारी गरेपछि विवाद सुरु भएको हो ।  

शिक्षक महासङ्घका अध्यक्ष गणेश गिरी र शिक्षक संघकी अध्यक्ष मञ्जु दाहालले विज्ञप्ति जारी गरी स्थानीय सरकारको निती प्रति आपत्ति जनाएका छन् । जारी विज्ञप्तिमा संघीय सरकारको नीति विपरीत शिक्षक कर्मचारीको सेवा सुविधा तोकिएको भन्दै तत्काल सो निर्णय सच्याउन माग गरिएको छ ।

OM Sai Pathibhara Hospital

संघीय सरकारले बजेट मार्फत बाल शिक्षक र कर्मचारीको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ बनाउने घोषणा गरेको भएपनि स्थानीय सरकारले केन्द्रिय सरकारको निती विपरीत नगर क्षेत्रका शिक्षक र कर्मचारीको पारिश्रमिक तोकेको भन्दै सो निर्णय सच्याउन विज्ञप्तिमा माग गरिएको छ ।

बाल शिक्षक र कर्मचारीले हाल पाइरहेको पारिश्रमिकमा ७ हजार रुपैयाँ थप गर्नु पर्नेमा शिक्षकको हकमा ३ हजार र कर्मचारीको हकमा २ हजार मात्र थप गरिएको भन्दै बजेट मार्फत ल्याइएको यो निर्णय सच्याउन विज्ञप्तिमा माग समेत गरिएको छ ।