बिर्तामोड / केही वर्ष अघि सम्म आम नेपालीलाई थाहा नै नरहेको मार्सी चामल विदेश निर्यात हुन थालेको छ । देशभरका डिपार्टमेन्ट स्टोरमा पाउन थालिएको लोपोन्मुख मार्सी चामल यति बेला जापान सहित विश्वका कयौं मुलुकमा निर्यात हुन थालेको हो ।

कर्णाली प्रदेशका हुम्ला र जुम्ला लगायतका पहाडी जिल्लामा उत्पादन हुने मार्सी चामल तिन वर्ष अघि झापाको बिर्तामोड स्थित प्रस्तावित मेडिकल कलेजका संचालक दुर्गा प्रसाईँको भान्सामा पुगेपछि एकाएक चर्चामा आएको थियो ।

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता छलफलमा प्रसाईँको भक्तपुरको ठिमी स्थित निवासमा मार्सी चामलको खाना बनेसँगै मार्सी चामलको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा ब्रान्डिङ भएको थियो । प्रसाईँको घरमा प्रधानमन्त्री केपी शर्मा ओली , माओवादी अध्यक्ष प्रचण्ड सहितका नेताले मार्सी चामलले बनेको खाना खाएको भन्दै प्रसाईँका निजी सवारी चालकले सो तस्विर फेसबुकमा पोष्ट गरिदिएपछि लोपोन्मुख मार्सी चामलको उत्पादन मात्रै बढेन कयौं मुलुकमा निर्यात समेत हुने बस्तु बन्न सफल भएको छ ।

कर्णाली प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने गरेको भएपनि आम नेपालीका लागि गुमनाम रहेको मार्सी चामल प्रसाईँको भान्सामा पुगेसँगै विदेश निर्यात हुन योग्य खाद्य बस्तु बनेको छ ।

प्रसाईँले मार्सी चामललाई थाहा नै नपाई अचम्म लाग्ने गरी ठुलो बजार बनाई दिएपछि कर्णालीवासीले उत्पादन समेत बढाएका छन् । मार्सी चामल अहिले जापान जान थालेको छ भने क्यानाडा सहितका युरोपेली मुलुकमा लान तयारी भइरहेको छ ।

यसरी उकालो लाग्यो मार्सीको बजार

प्रसाईँको भान्छा कोठाको तस्वीरले मार्सी चामल नयाँ उचाइमा पुग्न सफल भएपछि काठमाण्डौको बानेश्वरमा जुम्ला घर अर्ग्यानिक्स संचालनमा आयो जसले औपचारिक रुपमा पहिलो पटक मार्सी चामललाई आम उपभोक्ता सम्म पुर्याउन सहयोग पुर्यायो । अहिले सरकारी लगानीको कम्पनी खाध्य व्यवस्था तथा व्यापार कम्पनी लिमीटेलले समेत कर्णालीको मार्सी चामल र सिमी खरिद गरी उपभोक्तालाई बिक्री गर्न थालेको छ । 

पार्टी एकताका लागि प्रसाईँको घरमा भएको त्यो वार्ताले राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारमाध्यममा राम्रो स्थान पनि पायो , सँगै त्यो भान्सामा बनेको मार्सी चामलको भात पनि आम मानिसको चासोको विषय बन्यो ।

पहिलो पटक गत साल मार्सी चामल पहिलो पटक निर्यात भयो । जापानको टोकियोमा रहेको पूर्ण ट्रेडिङका संचालक भुवन श्रेष्ठले पहिलो पटक कर्णालीको मार्सी चामलसँगै अन्य खाद्य उत्पादनलाई जापान पुर्याएपछि अन्य युरोपेली मुलुकमा पनि लाने तयारी सुरु भएको हो ।

यो वर्ष १५ टन मार्सी चामलसँगै कर्णालीको सिमी र कोदो सहितका खाद्य बस्तु क्यानाडा लान कर्णाली सुपर फुड नामको ब्रान्ड बनाएर तयारी भइरहेको छ । क्यानाडामा रहेका डा. पूर्ण कँडेलले जुम्लाबाट खाद्य सामाग्री क्यानाडा लान तयारी गरेका हुन् ।

मार्सी चामल प्रयोग गरी वियर उत्पादनको तयारी

मेडिकल व्यवसायी दुर्गा प्रसाई जसको भान्सामा पुगेको मार्सी चामलको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा ब्रान्डीङ नपत्याउँदो गरी भयो । मार्सी चामलको नाम र बनेको ब्राण्डलाई उपयोग गरी प्रसाईँले वियर बनाउने योजना बनाए , जसका लागि उनले कोरोना संक्रमणकै समयमा टाईगर वियर उत्पादन गर्दै आएको कम्पनी नै खरिद गरी मार्सी चामलको वियर बनाउन अहिले काम गरिरहेका छन् ।

संचारमाध्यमसँगको अन्र्तवार्तामा प्रसाईँले अन्य वियरमा प्रयोग हुँदै आएको कनिका खुदीको सट्टा ३० प्रतिशत मार्सी चामल र ७० प्रतिशत जौ प्रयोग गरी केही सयम भित्रै मार्सी वियर ल्याउने बताएका छन् । चतुर व्यवसायीका रुपमा चिनिएका उनले मार्सी चामलको प्रचार देखेर करोडौ रुपैंया लगानी गरी मार्सी प्रिमियम र मार्सी स्ट्रोङ वियर उत्पादन गर्न काम गरीरहेका छन् ।

साउन महिना भित्र नेपाली बजारमा उपलब्ध हुने भनिएको मार्सी वियर विश्वका लागि नयाँ भएकाले चामलसँगै विदेश निर्यात सम्मको योजना प्रसाईँले अघि सारेका छन् ।

प्रसाईका चालक जसका कारण जिवन नै वदलिंदै छ कर्णालीवासीको

OM Sai Pathibhara Hospital

व्यवसायी दुर्गा प्रसाईको भान्सामा पुगेको मार्सी चामलको बजार यति ठुलो होला भनेर नसोचि अनि थाहा नै नभई सामाजिक संजाल फेसबुकमा तस्बिर सार्वजनिक गर्ने ति सवारी चालक कर्णालीबासीको आर्थिक स्थिती सुधार गर्न भगवान बनेर सतहमा आए । उनले तश्विर सार्वजनिक नगरेको भए मार्सी चामलको बजार न त यति ठुलो हुन्थ्यो न त कर्णालीवासीले लोपोन्मुख मार्सी धानको खेती नै विस्तार गर्ने मौका पाउने थिए ।

तश्विर सार्वजनिक भएपछि प्रसाई र नेताहरुको नराम्रो सँग आलोचना मात्रै भयो । सो समयमा व्यवसायी प्रसाई समेतले संचारमाध्यममा अन्तवार्ताका क्रममा आफ्ना चालकले सार्वजनिक गरेको वताए । आलोचना छल्नका लागि भनिएको हो या साँच्चै नै उनका चालकले नै सार्वजनिक गरेका हुन् त्यो तश्विर भन्ने विषय अझै पनि गुमनाम नै रहेको छ । 

प्रसाईँका चालकले तस्बिर सार्वजनिक गरिदिएछि चुलिएको प्रचारले मार्सी चामलसँगै कर्णालीका अन्य खाद्य बस्तुको पनि बजारमा माग ह्वात्तै वढाईदियो । अहिले विगतमा मार्सी धानको खेती गरेर खेती गर्न छाडेकाले समेत मार्सी धानको खेती गर्न थालेका छन् । खाली रहेका जमिन लिजमा सम्म लिएर विदेशबाट फर्किएकाले मार्सी धान र सिमी सहितका खाद्य बस्तु उत्पादन गर्न थालेपछि खाद्य संकटको सामना गर्दै आएका कर्णाणीवासीको जिवन पनि विस्तारै फेरिन थालेको छ ।

हुम्ला र जुम्ला लगायतका जिल्लामा दर्जनौ प्याकेजिङ उध्योग खुलेका छन् । कर्णालीका खाद्य बस्तुलाई प्याजीङ गरी देशभर अनि विदेश सम्म पुर्याउन उनीहरुले सहयोग गरीरहेका छन् ।

प्रसाईको ठुलो वियर उध्योगले नै मार्सी चामल प्रयोग गर्ने भएपछि लोपोन्मुख रहेको मार्सी धानको उत्पादन कर्णाली प्रदेशका जिल्लामा ह्वात्तै वढेको समेत छ । ठुलो वियर उध्योगका लागि समेत ठुलो परिमाणमा मार्सी चामल चाहिने र विदेश सम्म जान थालेपछि कही कतै नबिक्ने मार्सी चामलको मुल्य समेत आकाशिएको छ ।

मार्सी चामलको अचम्म लाग्ने गरी भएको उदयले गरिवी र भोकमरीको चपेटासँग जुध्दै आएका कर्णालीवासीले आफ्नो जिवन नै बदल्ने सुर्वण मौका समेत पाएका छन् ।