कैलाली— धनगढीमा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध जेनजी युवाले विरोध प्रदर्शन गरेका छन् ।
बुधबार बिहान धनगढी बजारमा प्लेकार्ड लिएर जेनजी युवा विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय धनगढीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शान्तिपूर्ण रूपमा जेनजीले विरोध गरेको जानकारी दिए ।
“जेनजी युवामार्फत शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने सूचना आएको थियो । त्यसपछि प्रदर्शन क्षेत्रको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ,” उनले भने ।
तनाव सिर्जना हुने कुनै पनि किसिमका गतिविधि नभएको पनि उनले बताए ।
यसअघि ४ मंसिरमा बारामा पनि बस्नेतविरुद्ध जेनजी युवाले प्रदर्शन गरेका थिए । त्यसपछि ७ मंसिरमा इटहरीमा नेता बस्नेत चढेको गाडीमा युवाले रातो रङ प्रहार गरेका थिए ।






































