बिर्तामोड / झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन् ।

OM Sai Pathibhara Hospital

झापा गाउँपालिकाले २० युनिटभन्दा कम विद्युत् खपत गर्ने पालिकाभित्रका सबै नागरिकको शुल्क तिरिदिने अध्यक्ष जयनारायण साहले बताए । उक्त विद्युत् शुल्क तिरिदिनका लागि पालिकाले नवौँ गाउँसभाबाट २० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

यसैगरी कमल गाउँपालिकाले आगामी आर्थिक २०७८/७९ को बजेटबाट कृषकहरूले सिँचाइमा खपत गरेको बिजुलीको बिल तिरिदिने भएको छ ।
फागुन, चैत, वैशाख र जेठ महिनामा खेती गर्दा सिँचाइमा लागेको चार महिनाको बिजुलीको बिलको ५० प्रतिशत रकम गाउँपालिकाले तिरिदिने गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् । 


झापा गाउँपालिकाकाले आर्थिक वर्ष २०७८/७९ का लागि कूल रु ४५ करोड ७४ लाख पाँच हजार ५०० को बजेट पारित गरेको छ । त्यस्तै कमल गाउँपालिकाले आव २०७८/७९ का लागि कूल रु ७१ करोड ५९ लाख ९३ हजारको बजेट पारित गरेको छ ।