काठमाण्डौ / जीवन विकास लघुवित्तको आइपीओ आज देखि खुल्दै छ । कम्पनीले एक सय रुपैयाँ दरको १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो।

OM Sai Pathibhara Hospital


३० हजार ४२० कित्ता कर्मचारी र ९८ हजार ८६५ कित्ता म्युचअल फन्डको लागि छुट्याइएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।


एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको आइपीओमा न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओ छिटोमा असार १५ र ढिलोमा असार २५ गतेसम्म बिक्रीमा रहनेछ । 


कम्पनीले आईपीओ बिक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत जेठ ३० गते अनुमति पाएको हो । कम्पनीले २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।


 कम्पनीबाट निष्कासन हुने आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित मानिने इक्रा एनपी आईआर ट्रिपल बि माइनस रेटिङ प्रदान गरेको छ।

मेरो शेयर , सि-आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।