काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । बुधबारको तुलनामा १६ अंकले घटेपछि नेप्से २ हजार ८ सय ४३ विन्दुमा ओर्लेको छ । बुधबार नेप्से करिब ५१.६५ अंकले घटेको थियो 

आज होटल्स तथा टुरिजम बाहेक उपसमूहको परिसुचक घटेको हो । साताको कारोबारको अन्तिम दिन (बिहीबार) आज पनि नेप्से १६ दशमलव ९६ अंकले घटेर २८ सय ४३ विन्दुमा थामिएको हो ।

OM Sai Pathibhara Hospital

त्यसैगरी, सेन्सेटिभ इन्डेक्स पनि ३.१७ अंकले घटेर ५२५ दशमलव ६४ विन्दुमा रोकिएको छ ।

आज नेप्सेमा जम्मा ७ अर्ब रुपैयाँको कारोबार भएर एक करोड ३२ लाख कित्ता सेयर किनबेच भएको छ।