बिर्तामोड / नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले घट्दै ९० हजार रुपैयाँमा झरेको हो ।

गत मंगलबार सुन प्रतितोला एक सय रुपैयाँले घट्दै ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै यता तेजाबी सुनको मूल्य आज प्रतितोला ५५० रुपैयाँले नै घट्दै ८९ हजार ५५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

OM Sai Pathibhara Hospital

यता चाँदीको मूल्य भने गत मङ्गलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घट्दै एक हजार २९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।