आर्थिक

    Showing 3,691-3,700 of 4,333 items.
  • साल्ट ट्रेडिङ कर्पोरशन सल्यान मल बिक्री केन्द्रका इन्चार्ज विरुद्ध भ्रष्टाचारको आरोप

    काठमाडौं// साल्ट ट्रेडिङ कर्पोरशन सल्यान मल बिक्री केन्द्रका इन्चार्ज विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोप लगाएको छ।  तत्कालीन जुनियर सहायक विजयकुमार पासवानविरुद्ध अख्तियारले १८ लाख ७६ हजार ६ सय ६४ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको हो।  पासवानले आफ्नो जिम्मामा रहेको रासायनिक मल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको आधिकारिक खातामा रकम दाखिला गरेपश्चात् मल डेलिभरी गर्नुपर्नेमा नगरी आफुखुशी आफ्नो व्यक्तिगत खातामा बदनियतसाथ रकम जम्मा गरेकाले मुद्दा चलाएको बताइएको छ। आयोगले सार्वजनिक संस्थाको सम्पत्ति रासायनिक मल हिनामिना गरेको अभियोगमा बुधबार विशेष अदालतमा मु

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 136 पटक पढिएको
  • सम्पत्ति शुद्धीकरण विभागद्वारा इच्छाराजको सम्पत्ति मूल्याङ्कन

    म्याग्दी / सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल बैंक र सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङ संलग्न रहेको हाउजिङ कम्पनीका नाममा रहेको सम्पत्तिको मूल्याङ्कन थालेको छ ।सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारीमा रहेको विभागले त्यसअघि उनको संलग्नता रहेको रियल इस्टेट्स कम्पनीअन्तर्गतका घरहरूको मूल्याङ्कन थालेको हो । सोही क्रममा विभागले गत साता तामाङसँग बयान पनि लिइसकेको छ । तामाङ आवद्ध सिभिल सेभिङ्स एन्ड को–अपरेटिभ्सको विषय बढी संवेदनशील देखिएकाले सम्भव भएसम्म छिटो मुद्दाको प्रक्रिया अघि बढाउने तयारी भइरहेको स्रोतले बताएको छ ।तामाङलाई मुद्रा, बैंकिङ, व

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 130 पटक पढिएको
  • बालुवाटार जग्गा प्रकरण : जमानीमा छुटे सुवेदी दम्पती

    काठमाडौँ / ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र उनी पत्नी माधवीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छाडेको छ । अनुसन्धानको क्रममा आवश्यक परेको बेला उपस्थित हुने सर्तमा सुवेदी दम्पतीलाई मंगलबार छाडिएको सीआईबीका प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोप लागेका रामकुमार सुवेदी र उनकी पत्नी माधवी यही पुस ७ गते पक्राउ परेका थिए ।बालुवाटारमा ललिता निवासको १४२ रोपनी ६ आना जग्गा विभिन्न समयमा व्यक्तिको नाममा गएको अनुसन्धानबाट पत्ता लागेको छ। त्यसमध्ये १४ रोपनी जग्गा सुवेदी दम्पतीक

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 124 पटक पढिएको
  • प्लास्टिक उद्योगमा आगलागी हुँदा १० करोड बराबरको क्षति

    जनकपुरधाम / धनुषाको लक्ष्मीनियाँ गाउँपालिका –७ स्थित भगवतीपुरमा रहेको एक प्लास्टिक उद्योगमा आगलागी भएको छ । नवल मुरारकाले सञ्चालन गरेको जानकी प्लास्टिक उद्योगमा सोमबार राती एक बजे आगलागी भएको हो । उद्योगमा विद्युत सर्ट भई आगलागी हुँदा १० करोड बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार आगलागीबाट मेसिन, केमिकल, कच्चा पदार्थ, तयार मालसामान, काठपात, लत्ता कपडालगायतका सामाग्री जलेर नष्ट भएको छ ।

    • प्रकाशित मितिः पुस २७, २०७८
    • 130 पटक पढिएको
  • नेपाली बजार सुनको मूल्य स्थिर

    काठमाडौं / साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि उही रहेको हो । यस्तै तेजाबी सुन तोलामा ९१ हजार १०० रुपैयाँ रहेको छ । यसैबीच आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार १२२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि कुन घटबढ नभइ समान मूल्यमा कारोबार भएको हो । 

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 123 पटक पढिएको
  • अन्तर्राष्ट्रिय बजारमै रासायनिक मलको अभाव

    काठमाडौँ  / सरकारले अन्तर्राष्ट्रिय बजारमै रासायनिक मलको अभाव र मूल्यवृद्धि भएको जनाउँदै उपलब्ध मल किफायत (फारु) गरी प्रयोग गर्न कृषकलाई सुझाव दिएको छ । पालले मल आयात गर्दै आएका कयौँ मुलुकले कच्चा पदार्थ अभाव र आन्तरिक खपत देखाउँदै निर्यात गर्न नसक्ने भनेपछि मल अभाव हुनसक्ने पूर्वानुमान गरी उपलब्ध मल किफायत गरी प्रयोग गर्न आग्रह गरिएको हो ।यद्यपि सरकारले अघिल्ला वर्षका तुलनामा यस वर्ष रासायनिक मल खरिदका लागि बजेट वृद्धि गरेको छ । अघिल्लो वर्ष १३ अर्ब रुपैयाँ विनियोजन भएकामा यस वर्ष मलका लागि रु १५ अर्ब छुट्याइएको थियो । रासायनिक मलको माग र आपूर्ति अवस्थाबारे जानकारी दिँदै मन्त्र

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 117 पटक पढिएको
  • एनआईसी एसिया बैंकमा चोरी गर्ने चार पक्राउ

    काठमाडौं / काठमाडौँको बानेश्वरस्थित एनआईसी एसिया बैंक लुटपाट प्रकरणमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले चार जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए । गिरीका अनुसार गत पुस १८ गते बैकमा लुटपाट भएको थियो। बैंकमा १६ लाख रुपैयाँ भन्दा धेरै रकम लुटिएको भन्दै प्रहरीमा उजुरी परेको थियो। चोरीमा बैंकका एक कर्मचारीको समेत संलग्नता भएको खुलेको प्रहरी स्रोतले जनाएको छ। 

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 117 पटक पढिएको
  • प्रतितोला ७०० रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौँ  / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू ९१ हजार ६०० मा कारोबार भइरहेको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू ९२ हजार ३०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू ७०० ले घटेको छ ।त्यसैगरी, तेजाबी सुन प्रतितोला रू ९१ हजार १०० तोकिएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू ९१ हजार ८०० मा कारोबार भएको थियो ।यस्तै, शुक्रवार चाँदीको मूल्य पनि घटेको छ । बिहीवार प्रतितोला रू १ हजार २३५ मा कारोबार भएको चाँदी शुक्रवार रू १० ले घटेर रू १ हजार २२५ किनबेच भइरहेको छ ।

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 151 पटक पढिएको
  • मिरगञ्ज पुल भासिँदा विराटनगर भन्सारबाट हुने आयात–निर्यात ठप्प

    विराटनगर / विराटनगर नाकाबाट करिब चार किलोमिटर दक्षिणमा पर्ने मिरगञ्जमा रहेको पुल भासिएपछि आयत–निर्यात रोकिएको छ । यसअघि २०७४ साउन २९ मा क्षतिग्रस्त भएपछि मर्मत गरिएको परमान खोलाको मिरगञ्जमा रहेको पुल बिहीबार दोस्रो पटक भास्सिएको हो।जीर्ण अवस्थामा रहेको पुल भासिएपछि भारतीय पक्षले बिहीबार दिउँसोबाटै आउ–जाउ गर्न रोक लगाएको थियो । भारतीय पक्षले रोक लगाएका कारण विराटनगर तर्फ आइरहेका मालबाहक सवारी साधन पुल पारी नै  रोकिएका छन् ।भारतीय प्रहरीले बिहीबार दिउँसो २ बजे पुल भास्सिएको पत्ता लगाएपछि पुलबाट हुने ठूला सवारी साधनको आवागमन ठप्प पारेको थियो।मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 150 पटक पढिएको
  • पाँच महिनामा आर्थिक सहायताका नाममा सरकारले बाँड्यो तीन करोड

    काठमाडौँ / सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा नेताहरुको उपचार खर्च र आर्थिक सहायताको नाममा तीन करोड रुपैयाँ बाँडेको छ । आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा सरकारले पूर्व प्रधानमन्त्री झलनाथ खनालदेखि लिएर पूर्वराष्ट्रपति डा. रामवरण यादवको उपचार खर्च र आर्थिक सहायताका नाममा राज्यकोषबाट उक्त रकम खर्च गरेको हो । आर्थिक वर्षमा राज्यबाट आर्थिक सहयोग लिने उच्चपदस्थहरुमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सबैभन्दा बढी रकम लिएका छन् । उनले उपचार खर्चका नाममा सरकारबाट ४८ लाख ५० हजार लिएको अर्थमन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उपचार खर्चका नाममा सरकारले रघुजी पन्तसहित तीन जनालाई

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 115 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.