काठमाडौं / काठमाडौँको बानेश्वरस्थित एनआईसी एसिया बैंक लुटपाट प्रकरणमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले चार जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

गिरीका अनुसार गत पुस १८ गते बैकमा लुटपाट भएको थियो। बैंकमा १६ लाख रुपैयाँ भन्दा धेरै रकम लुटिएको भन्दै प्रहरीमा उजुरी परेको थियो।

चोरीमा बैंकका एक कर्मचारीको समेत संलग्नता भएको खुलेको प्रहरी स्रोतले जनाएको छ।