म्याग्दी / सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल बैंक र सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङ संलग्न रहेको हाउजिङ कम्पनीका नाममा रहेको सम्पत्तिको मूल्याङ्कन थालेको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारीमा रहेको विभागले त्यसअघि उनको संलग्नता रहेको रियल इस्टेट्स कम्पनीअन्तर्गतका घरहरूको मूल्याङ्कन थालेको हो । 

OM Sai Pathibhara Hospital

सोही क्रममा विभागले गत साता तामाङसँग बयान पनि लिइसकेको छ । तामाङ आवद्ध सिभिल सेभिङ्स एन्ड को–अपरेटिभ्सको विषय बढी संवेदनशील देखिएकाले सम्भव भएसम्म छिटो मुद्दाको प्रक्रिया अघि बढाउने तयारी भइरहेको स्रोतले बताएको छ ।

तामाङलाई मुद्रा, बैंकिङ, वित्तीय, विदेशी विनिमय, विनिमय अधिकारपत्र, बीमा वा सहकारीसँग सम्बन्धित कसुरमा मुद्दा दर्ता गर्ने तयारी विभागले गरेको छ ।