काठमाडौँ / ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र उनी पत्नी माधवीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छाडेको छ । 

अनुसन्धानको क्रममा आवश्यक परेको बेला उपस्थित हुने सर्तमा सुवेदी दम्पतीलाई मंगलबार छाडिएको सीआईबीका प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोप लागेका रामकुमार सुवेदी र उनकी पत्नी माधवी यही पुस ७ गते पक्राउ परेका थिए ।

बालुवाटारमा ललिता निवासको १४२ रोपनी ६ आना जग्गा विभिन्न समयमा व्यक्तिको नाममा गएको अनुसन्धानबाट पत्ता लागेको छ। त्यसमध्ये १४ रोपनी जग्गा सुवेदी दम्पतीको नाममा भेटिएको छ।