काठमाडौँ  / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू ९१ हजार ६०० मा कारोबार भइरहेको छ ।

बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू ९२ हजार ३०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू ७०० ले घटेको छ ।

OM Sai Pathibhara Hospital

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू ९१ हजार १०० तोकिएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू ९१ हजार ८०० मा कारोबार भएको थियो ।

यस्तै, शुक्रवार चाँदीको मूल्य पनि घटेको छ । बिहीवार प्रतितोला रू १ हजार २३५ मा कारोबार भएको चाँदी शुक्रवार रू १० ले घटेर रू १ हजार २२५ किनबेच भइरहेको छ ।