काठमाडौं// साल्ट ट्रेडिङ कर्पोरशन सल्यान मल बिक्री केन्द्रका इन्चार्ज विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोप लगाएको छ। 

 तत्कालीन जुनियर सहायक विजयकुमार पासवानविरुद्ध अख्तियारले १८ लाख ७६ हजार ६ सय ६४ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको हो।

OM Sai Pathibhara Hospital

  पासवानले आफ्नो जिम्मामा रहेको रासायनिक मल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको आधिकारिक खातामा रकम दाखिला गरेपश्चात् मल डेलिभरी गर्नुपर्नेमा नगरी आफुखुशी आफ्नो व्यक्तिगत खातामा बदनियतसाथ रकम जम्मा गरेकाले मुद्दा चलाएको बताइएको छ।

आयोगले सार्वजनिक संस्थाको सम्पत्ति रासायनिक मल हिनामिना गरेको अभियोगमा बुधबार विशेष अदालतमा मुद्दा चलाएको हो ।