जनकपुरधाम / धनुषाको लक्ष्मीनियाँ गाउँपालिका –७ स्थित भगवतीपुरमा रहेको एक प्लास्टिक उद्योगमा आगलागी भएको छ । 

नवल मुरारकाले सञ्चालन गरेको जानकी प्लास्टिक उद्योगमा सोमबार राती एक बजे आगलागी भएको हो । 

OM Sai Pathibhara Hospital

उद्योगमा विद्युत सर्ट भई आगलागी हुँदा १० करोड बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । 

बस्नेतका अनुसार आगलागीबाट मेसिन, केमिकल, कच्चा पदार्थ, तयार मालसामान, काठपात, लत्ता कपडालगायतका सामाग्री जलेर नष्ट भएको छ ।