विराटनगर / विराटनगर नाकाबाट करिब चार किलोमिटर दक्षिणमा पर्ने मिरगञ्जमा रहेको पुल भासिएपछि आयत–निर्यात रोकिएको छ । 

यसअघि २०७४ साउन २९ मा क्षतिग्रस्त भएपछि मर्मत गरिएको परमान खोलाको मिरगञ्जमा रहेको पुल बिहीबार दोस्रो पटक भास्सिएको हो।

OM Sai Pathibhara Hospital

जीर्ण अवस्थामा रहेको पुल भासिएपछि भारतीय पक्षले बिहीबार दिउँसोबाटै आउ–जाउ गर्न रोक लगाएको थियो । भारतीय पक्षले रोक लगाएका कारण विराटनगर तर्फ आइरहेका मालबाहक सवारी साधन पुल पारी नै  रोकिएका छन् ।

भारतीय प्रहरीले बिहीबार दिउँसो २ बजे पुल भास्सिएको पत्ता लगाएपछि पुलबाट हुने ठूला सवारी साधनको आवागमन ठप्प पारेको थियो।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आयात–निर्यात रोकिएपछि पुलका विषयमा अध्ययन गर्न टोली पठाइएको बताए ।