आर्थिक

    Showing 2,721-2,730 of 4,327 items.
  • आज प्रतितोला एक हजार पाँच सयले बढ्यो सुन

    काठमाडौं— केही दिन ओरालो लागेको सुन आज तोलामा एक हजार पाँच सयले बढेको छ । लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनः उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा  एक हजार पाँच सय रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला  एक लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने  एक लाख ५७ हजार एक सय रुपैयाँ निर्धारण भएको छ।यस्तै, चाँदीको मूल्य आज तोलामा  ३५ रुपैयाँले  वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने  एक हजार ९१५ रुपैयाँ  निर्धारण भएको छ। 

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 306 पटक पढिएको
  • चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट ५० हजार क्विन्टल बिक्री गर्ने लक्ष्य

    काठमाडौं— खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारदेखि चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले अति आवश्यकीय खाद्यवस्तुमा उपभोक्तालाई राहत दिने उद्देश्यसहित विशेष छुट गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । कम्पनीले बिहीबारबाट सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले उद्घाटन गर्नुभयो । विगतका वर्षभन्दा सात दिनअगाडि सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलबाट खाद्य कम्पनीले ५० हजार क्विन्टल खाद्यवस्तु बिक्री गर्ने लक्ष्य राखेको छ । कम्पनीले दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेल, घिउसहित ५० हजार क्विन्टल खाद्

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 545 पटक पढिएको
  • सुनको मूल्य तोलामा ८०० रुपैयाँले घट्यो

    काठमाडौं– आज नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर कारोबार हुँदैछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ५६ हजार ४०० रुपैयाँ रहेको छापावाल सुन आज १ लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८९० रुपैयाँ थियो ।

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 402 पटक पढिएको
  • आजको नयाँ विनिमय दर सार्वजनिक, डलर कति पुग्यो ?

    काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि नयाँ विदेशी विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलरको खरिददर १३३.७१ रुपैयाँ र बिक्रीदर १३४.३१ रुपैयाँ तोकिएको छ । युरोपियन यूरोको खरिददर १४८.७६ रुपैयाँ र बिक्रीदर १४९.४३ रुपैयाँ, र युके पाउण्ड स्ट्रलिङको खरिददर १७६.६५ रुपैयाँ र बिक्रीदर १७७.४४ रुपैयाँ छ । स्वीस फ्रयाङ्कको खरिददर १५८.५१ बिक्रीदर १५९.२२ रुपैयाँ, अस्ट्रेलियन डलरको खरिददर ९०.७७ बिक्रीदर ९१.१८ रुपैयाँ, र क्यानेडियन डलरको खरिददर ९८.४२ बिक्रीदर ९८.८६ रुपैयाँ तोकिएको छ । क्रमश जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल खरिददर र बिक्रीदर (९.४४/९.४८, १८.८८/१८.९६, ३५.६३/३६.६८) रु

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 407 पटक पढिएको
  • नेप्से पुगे अर्थमन्त्री पौडेल, पुँजीबजारको अस्थिरताप्रति चासो

    काठमाडौं–अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीबजारमा देखिएको अस्थिरताप्रति चासो देखाएका छन् । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कार्यालयको निरीक्षणका क्रममा पौडेलले नेप्से परिसूचक र कारोबार रकम घटेको कारणबारे तत्काल स्पष्टीकरण माग गरेका हुन् । पहिले तीन हजार अङ्कभन्दा माथि पुगेको नेप्से परिसूचक अहिले किन घटेर दुई हजार पाँच सय हाराहारीमा आइपुग्यो भन्ने प्रश्न गर्दै, उनले पुँजीबजारको स्थिरताका लागि थप सुधार आवश्यक रहेकोतर्फ जोड दिएका छन् । साथै, उनले पुँजीबजारलाई दिगो र प्रविधिमैत्री बनाउन निर्देशन दिँदै इन्साइडर ट्रेडिङजस्ता अवाञ्छनीय गतिविधि रोक्न चनाखो रहनुपर्नेमा जोड दिए । निरी

    • प्रकाशित मितिः असोज २, २०८१
    • 551 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं–नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट देखिएको छ । आज प्रतितोला रु तीन सयले घटेर रु १,५६,४०० मा कारोबार हुँदैछ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार सुनको मूल्य रु १,५६,७०० मा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेर रु १,८९० मा पुगेको छ ।

    • प्रकाशित मितिः असोज २, २०८१
    • 290 पटक पढिएको
  • डलर, युरो र पाउण्ड स्ट्रलिङको विनिमय दर घट्यो

    काठमाडौं–नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, युरो, र पाउण्ड स्ट्रलिङको भाउमा केही गिरावट आएको छ । बुधबारका लागि अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरोको खरिददर १४८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५५ पैसा कायम गरिएको छ भने पाउण्ड स्ट्रलिङको खरिददर १७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४४ पैसा तोकिएको छ । अन्य प्रमुख मुद्राहरूमा पनि सामान्य गिरावट आएको छ। स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलर, र क्यानेडियन डलरका दरहरूमा पनि गिरावट देखिएको छ ।

    • प्रकाशित मितिः असोज २, २०८१
    • 393 पटक पढिएको
  • सुनको मूल्यमा गिरावट, कति पुग्यो ?

    काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य तोलामा रु ६०० ले घटेको छ । सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सोमबार छापावाला सुन प्रतितोला रु १ लाख ५७ हजार ३ सयमा कारोबार भएकोमा आज घटेर रु १ लाख ५६ हजार ७ सय पुगेको छ । चाँदीको मूल्य पनि तोलामा रु १० ले घटेको छ । सोमबार प्रतितोला रु १ हजार ९१५ मा खरिदबिक्री भएको चाँदी आजका लागि रु १ हजार ९०५ मा कारोबार हुँदैछ ।

    • प्रकाशित मितिः असोज १, २०८१
    • 566 पटक पढिएको
  • विनिमय दर सार्वजनिक, डलर कति पुग्यो ?

    काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ, जसमा अमेरिकी डलरको खरिददर रु १३३.९३ र बिक्रीदर रु १३४.५३ कायम भएको छ । अन्य मुद्राको दरहरूमा युरोपियन युरोको खरिददर रु १४८.९४ र बिक्रीदर रु १४९.६०, युके पाउण्ड स्ट्रलिङको खरिददर रु १७६.७७ र बिक्रीदर रु १७७.५७ रहेको छ । त्यस्तै, स्वीस फ्रयाङ्कको खरिददर रु १५८.५८ र बिक्रीदर रु १५९.२९ निर्धारण गरिएको छ ।अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, र चिनियाँ युआनको विनिमय दरमा पनि वृद्धि भएको छ । थाइ भाटदेखि कुवेती दिनारसम्मका मुद्राको विनिमय दरमा पनि सामान्य सुधार देखिएको छ । राष्ट्र बैंकले यो

    • प्रकाशित मितिः असोज १, २०८१
    • 441 पटक पढिएको
  • अन्तर्राष्ट्रिय बजारको प्रभाव : सुनको मूल्यमा नयाँ कीर्तिमान

    काठमाडौं–अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव अब स्थानीय बजारमा पनि देखिन थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको हो । महासंघका अनुसार, आज सुनको मूल्य प्रति तोला रु ५ सयले वृद्धि भई कीर्तिमान कायम गरिएको छ । आज छापावाला सुनको मूल्य प्रति तोला रु १ लाख ५७ हजार तीन सयमा कारोबार हुँदैछ । हिजो (आइतबार) यो मूल्य प्रति तोला रु १ लाख ५६ हजार आठ सय तोकिएको थियो । त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । आइतबार प्रति तोला रु १ हजार नौ सयमा कारोबार भएको चाँदी आज रु १ हजार नौ सय १५ मा कारोबार हुँदैछ ।&

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 357 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.