काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ, जसमा अमेरिकी डलरको खरिददर रु १३३.९३ र बिक्रीदर रु १३४.५३ कायम भएको छ । 

अन्य मुद्राको दरहरूमा युरोपियन युरोको खरिददर रु १४८.९४ र बिक्रीदर रु १४९.६०, युके पाउण्ड स्ट्रलिङको खरिददर रु १७६.७७ र बिक्रीदर रु १७७.५७ रहेको छ । त्यस्तै, स्वीस फ्रयाङ्कको खरिददर रु १५८.५८ र बिक्रीदर रु १५९.२९ निर्धारण गरिएको छ ।

OM Sai Pathibhara Hospital

अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, र चिनियाँ युआनको विनिमय दरमा पनि वृद्धि भएको छ । थाइ भाटदेखि कुवेती दिनारसम्मका मुद्राको विनिमय दरमा पनि सामान्य सुधार देखिएको छ । राष्ट्र बैंकले यो विनिमय दर आवश्यकता अनुसार संशोधन गर्न सकिने जनाएको छ ।

17th