काठमाडौं–नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट देखिएको छ । आज प्रतितोला रु तीन सयले घटेर रु १,५६,४०० मा कारोबार हुँदैछ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार सुनको मूल्य रु १,५६,७०० मा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेर रु १,८९० मा पुगेको छ ।