काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि नयाँ विदेशी विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलरको खरिददर १३३.७१ रुपैयाँ र बिक्रीदर १३४.३१ रुपैयाँ तोकिएको छ । युरोपियन यूरोको खरिददर १४८.७६ रुपैयाँ र बिक्रीदर १४९.४३ रुपैयाँ, र युके पाउण्ड स्ट्रलिङको खरिददर १७६.६५ रुपैयाँ र बिक्रीदर १७७.४४ रुपैयाँ छ । 

स्वीस फ्रयाङ्कको खरिददर १५८.५१ बिक्रीदर १५९.२२ रुपैयाँ, अस्ट्रेलियन डलरको खरिददर ९०.७७ बिक्रीदर ९१.१८ रुपैयाँ, र क्यानेडियन डलरको खरिददर ९८.४२ बिक्रीदर ९८.८६ रुपैयाँ तोकिएको छ । क्रमश जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल खरिददर र बिक्रीदर (९.४४/९.४८, १८.८८/१८.९६, ३५.६३/३६.६८) रुपैयाँ तोकिएको छ । 

OM Sai Pathibhara Hospital

विनिमय दरहरू आवश्यकतानुसार संशोधन पनि हुने भएको हुँदा नयाँ दर राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिन्छ । 


19th