काठमाडौं–अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीबजारमा देखिएको अस्थिरताप्रति चासो देखाएका छन् । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कार्यालयको निरीक्षणका क्रममा पौडेलले नेप्से परिसूचक र कारोबार रकम घटेको कारणबारे तत्काल स्पष्टीकरण माग गरेका हुन् । 

पहिले तीन हजार अङ्कभन्दा माथि पुगेको नेप्से परिसूचक अहिले किन घटेर दुई हजार पाँच सय हाराहारीमा आइपुग्यो भन्ने प्रश्न गर्दै, उनले पुँजीबजारको स्थिरताका लागि थप सुधार आवश्यक रहेकोतर्फ जोड दिएका छन् । 

OM Sai Pathibhara Hospital

साथै, उनले पुँजीबजारलाई दिगो र प्रविधिमैत्री बनाउन निर्देशन दिँदै इन्साइडर ट्रेडिङजस्ता अवाञ्छनीय गतिविधि रोक्न चनाखो रहनुपर्नेमा जोड दिए । निरीक्षणका क्रममा राजस्व सचिव दिनेशकुमार घिमिरे, धितोपत्र बोर्डका अध्यक्ष महेश बराललगायतका अधिकारीहरूको  उपस्थिति रहेको थियो ।