काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य तोलामा रु ६०० ले घटेको छ । सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट आएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सोमबार छापावाला सुन प्रतितोला रु १ लाख ५७ हजार ३ सयमा कारोबार भएकोमा आज घटेर रु १ लाख ५६ हजार ७ सय पुगेको छ । 

OM Sai Pathibhara Hospital

चाँदीको मूल्य पनि तोलामा रु १० ले घटेको छ । सोमबार प्रतितोला रु १ हजार ९१५ मा खरिदबिक्री भएको चाँदी आजका लागि रु १ हजार ९०५ मा कारोबार हुँदैछ ।