काठमाडौं–अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव अब स्थानीय बजारमा पनि देखिन थालेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको हो । महासंघका अनुसार, आज सुनको मूल्य प्रति तोला रु ५ सयले वृद्धि भई कीर्तिमान कायम गरिएको छ ।

OM Sai Pathibhara Hospital

आज छापावाला सुनको मूल्य प्रति तोला रु १ लाख ५७ हजार तीन सयमा कारोबार हुँदैछ । हिजो (आइतबार) यो मूल्य प्रति तोला रु १ लाख ५६ हजार आठ सय तोकिएको थियो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । आइतबार प्रति तोला रु १ हजार नौ सयमा कारोबार भएको चाँदी आज रु १ हजार नौ सय १५ मा कारोबार हुँदैछ ।