अपराध

    Showing 1,751-1,760 of 2,232 items.
  • तीनकुने घटना: प्रसाईँ थुनामा, क्यान्सर उपचारको व्यवस्था मिलाउन अदालतको आदेश

    काठमाडौ— तीनकुने घटनासम्बन्धी थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। साथै, क्यान्सर पीडित प्रसाईँको अस्पतालमा उपचारको व्यवस्था गर्न समेत अदालतले निर्देशन दिएको छ।अदालतले यो आदेश बिहीबार मध्यराति न्यायाधीश ध्रुबराज कार्कीको इजलासबाट दिएको हो।प्रसाईँको तर्फबाट बहस गरेका अधिवक्ता स्वागत नेपालले अदालतको इतिहासमा पहिलो पटक थुनासँगै उपचारको व्यवस्था गर्न आदेश आएको बताएका छन्।थुनछेक बहसमा संलग्न ३९ जनामध्ये प्रसाईँसहित ७ जनालाई थुनामा पठाउने निर्णय भएको छ।

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 321 पटक पढिएको
  • मध्यरातमा आएको आदेशमा दुर्गा प्रसाईंलाई पुर्पक्षका लागि कारागार पठाइने

    काठमाडौं — चैत १५ गते तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न ठहर गर्दै काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बिहीबार दिउँसो थुनछेक बहस सम्पन्न भएपछि मध्यरातमा उक्त आदेश जारी गरिएको हो। अदालतले बाँकी ३२ जनालाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ।प्रदर्शनका 'जनकमान्डर' भनेर चिनिएका प्रसाईँ सहित ३९ जना प्रतिवादीलाई थुनछेक बहसका लागि इजलास बाहिर राखिएको थियो। उनीहरू चैत १५ गते संयुक्त जनआन्दोलन समितिको प्रदर्शनका क्रममा भड्किएको हिंसामा संलग्न रहेको अभियोग छ। उक्त प्रदर

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 405 पटक पढिएको
  • १ करोड ५० लाख बिगो भएको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— १ करोड ५० लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी हिरण्य कुमार मगरलाई प्रहरीले पक्राउ गरेको छ।भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–१४ महालक्ष्मी बसोबास गर्दै आएका ४१ वर्षीय मगरलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।उनका अनुसार नेपाल सरकार वादी भई दायर भएको सो मुद्दामा मगर लामो समयदेखि फरार रहेका थिए। उनलाई पक्राउ गरी हाल थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार मगरविरुद्ध अदालतले बैंकिङ कसुरसम्बन्धी ठुलो बिगोको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न आदेश द

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 260 पटक पढिएको
  • तिला गाउँपालिकाको गाडी अज्ञात समूहबाट तोडफोड

    जुम्ला– जिल्लाको तिला गाउँपालिका–४ का वडाअध्यक्ष चढ्ने गाडी तोडफोड भएको छ । अज्ञात समुहले अध्यक्ष मोतिलाल रोकाया चढ्ने स्कारपियो गाडीको पछाडिको सिसा कार्यक्रम सकेर फर्किँदा फुटाइएको अवस्थामा भेटिएको हो। पार्किङमा राखिएको गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकाया चढ्ने गाडी अज्ञात समूहले तोडफोड गरेको गाउँपालिकाका सूचना अधिकारी बखतबहादुर हमालले बताए ।गाडी भर्खर खरिद गरिएको र एक दिनअघि मात्र गाउँपालिकामा ल्याइएको सूचना अधिकारी हमालको भनाइ छ।प्रहरीले तोडफोड गर्नेको खोजी जारी राखेको जनाएको छ। केही दिनअघि मात्रै पालिकाका दुई वडाध्यक्षमाथि पनि आक्रमण भएको उनको भनाइ छ ।

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 363 पटक पढिएको
  • लागू औषध सहित ६ जना पक्राउ

    विराटनगर—  ताप्लेजुङ र पाँचथरबाट बुधबार प्रहरीले लागू औषध सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोमन विश्वकर्मा, देव बहादुर बि.क., मन्दिप लिम्बु, मनोज साह, सागर लिम्बु र रोहित न्यौपाने रहेका छन् ।ताप्लेजुङको फुङलिङ नगरपालिका–४ स्थित लागू औषध बिक्री वितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ३३३ मिलिग्राम ब्राउन सुगर सहित फुङलिङ नगरपालिका–११ का २१ बर्षीय रोमन विश्वकर्मा,  सिन्धुली दुधौली १० का २७ बर्षीय देव बहादुर बि।क, फक्तालुङ गाउँपालिका–३ का ३२ बर्षीय मन्दिप लिम्बु र भारतीय नागरिक मनोज साहलाई पक्राउ ग

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 337 पटक पढिएको
  • नेपाल–भारत सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको अवैध नेपाली र भारतीय रुपैयाँ एक/ एक करोड बरामद

    काठमाडौं— राजस्व अनुसन्धान कार्यालय बुटवलले चालु आर्थिक वर्षको हालसम्म स्रोत नखुलेको अवैध नेपाली रुपैयाँसहित विभिन्न देशका रु तीन करोड ४६ लाख ५५ हजार ८८० मुद्रा बरामद गरेको छ । बरामद गरिएका मुद्रामध्ये नेपाली रु एक करोड ९१ लाख र भारतीय रु एक करोड ५५ लाख रहेकाराजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ ।नेपाल–भारत सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेका यस्ता रकमसहित भारतीय नागरिक पक्राउ पर्ने गरेका कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले बताउए । उनीहरू भरियाका रूपमा रहेका भन्दै यसको गिरोहको जरासम्म पुग्न भने नसकिएको प्रहरी तथा अनुसन्धान अधिकारीहरू बताउँछन् । चालु आवमा भएको बरामदको विव

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 422 पटक पढिएको
  • तीनकुने घटना: सरकारी वकिलको जवाफपछि थुनछेक अन्तिम चरणमा

    काठमाडौं— तीनकुनेमा अवाञ्छित गतिविधिको आरोपमा थुनामा रहेका दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक बिहीबार अन्तिम चरणमा पुगेको छ। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेसहित चार सरकारी वकिलले प्रतिवादी पक्षको बहसमा उठेका बुँदामा जवाफ दिएका छन्।प्रसाईं पक्षबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, सुरेन्द्र भण्डारी, टंक दुलाल, भीमार्जुन आचार्यलगायत १३ जना कानुन व्यवसायीले बहस गरेका थिए।सरकारी वकिलको जवाफपछि थुनामुक्त गर्ने कि थुनामा राख्ने भन्ने निर्णय काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासबाट आउनेछ। राज्यविरुद्ध र ज्यानसम्बन्धी मुद्दामा ५० जना प्रतिवादीम

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 497 पटक पढिएको
  • ११ वर्षीया बालिका तीन दिनदेखि बेपत्ता भइन्

    हुम्ला— जिल्लाको सिमकोट गाउँपालिका–७ धारापोरी गाउँकी एक बालिका तीन दिनदेखि बेपत्ता भएकी छन् । यही जेठ २६— गते पाँच जना साथीहरूसँग खेल्न गएकी सुनसरी सिंह बेपत्ता भएको बुबा देवी सिंहले बताए। विद्यालयदेखि फर्केपछि घरमा खाजा खाएर साथीहरूसँग खेल्न गएकी सुनसरी राति अबेरसम्म घर नफर्केपछि खोजी गर्दा भेट्टाउन नसकेको बुबा सिंहको भनाई छ । परिवारका सदस्य र स्थानीयले खोजी गर्दा नभेटिएपछि २७ गते बिहान प्रहरीलाई खोजतलासका लागि आग्रह गरेको उनले बताए। बेपत्ता बालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जेवी सिंहको नेतृत्वमा सिमकोटबाट तीन जना र धारापोरी प्रहरीचौकीको टोली खटिएको

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 471 पटक पढिएको
  • प्रतिबन्धितलागू औषधसहित विभिन्न ठाउँबाट ५ जना पक्राउ

    मोरङ— मोरङ, झापा र उदयपुरबाट प्रहरीले लागू औषध सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्याम कुमार यादव, अन्जु मण्डल, अशारु चौधरी, रोनिस दाहाल र बसन्त मोते रहेका छन् ।मंगलबार बेलुका ६ बजे मोरङको विराटनगर महानगरपालिका १६ हुलासचौक स्थितबाट लागू औषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले कोशी गाँउपालिका वडा नं.३ बस्ने श्याम कुमार यादवलाई ब्राउन सुगर १ ग्राम ५१० मिलिग्राम सहित पक्राउ गरिएको छ ।सोही दिन झापा भद्रपुर नगरपालिका ४ डाँगीबारी स्थितबाट वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ अनारमनि बस्ने अन्जु मण्डल र बिर्तामोड नगरपालिका १ सुर्यनगर बस्न

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 340 पटक पढिएको
  • रौतहटमा लुटपाट गर्ने गिरोहका दुईजना पक्राउ

    रौतहट २८ जेठ। रौतहट प्रहरीले लुटपाट गर्न खोज्ने गिरोहका २ जना मानिसलाई पक्राउ गरेको छ अन्य भने फरार भएका छन्।पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका ३ बस्ने बर्ष २० को सिताराम महतो र बर्ष २० को सन्तोष महतो रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले न्युज कारखानालाई बताए । अन्यको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। मंगलवार राती अढाई बजे यमुनामाई गाउँपालिका १ देउरैया नजिकमा लुटपाट गर्ने उद्देश्यले लुकीछिपी बसेका ८११० जना अपरिचित व्यक्तिहरु बसेका थिए।उनीहरूले मध्ये प्रदेश ०२–०४–०००१ प ०००१ नम्बरको मोटरसाइकल चलाई आइरहेको  दुर्गाभगवती ३ मसुरिया बस्ने बर्ष २५ को कृष्णमणी झालाई रोक

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 387 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.