विराटनगर—  ताप्लेजुङ र पाँचथरबाट बुधबार प्रहरीले लागू औषध सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोमन विश्वकर्मा, देव बहादुर बि.क., मन्दिप लिम्बु, मनोज साह, सागर लिम्बु र रोहित न्यौपाने रहेका छन् ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–४ स्थित लागू औषध बिक्री वितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ३३३ मिलिग्राम ब्राउन सुगर सहित फुङलिङ नगरपालिका–११ का २१ बर्षीय रोमन विश्वकर्मा,  सिन्धुली दुधौली १० का २७ बर्षीय देव बहादुर बि।क, फक्तालुङ गाउँपालिका–३ का ३२ बर्षीय मन्दिप लिम्बु र भारतीय नागरिक मनोज साहलाई पक्राउ गरेको छ । 

त्यसैगरी पाँचथरको फिदिम नगरपालिका– ४ बाट ५ सय ३० मिलिग्राम ब्राउन सुगर सहित फिदिम नगरपालिका– १ का ३० बर्षीय सागर लिम्बु र झापा बिर्तामोड घर भई हाल सोहि स्थानमा बस्दै आएका ३४ बर्षीय रोहित न्यौपानेलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।