जुम्ला– जिल्लाको तिला गाउँपालिका–४ का वडाअध्यक्ष चढ्ने गाडी तोडफोड भएको छ । अज्ञात समुहले अध्यक्ष मोतिलाल रोकाया चढ्ने स्कारपियो गाडीको पछाडिको सिसा कार्यक्रम सकेर फर्किँदा फुटाइएको अवस्थामा भेटिएको हो। 

पार्किङमा राखिएको गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकाया चढ्ने गाडी अज्ञात समूहले तोडफोड गरेको गाउँपालिकाका सूचना अधिकारी बखतबहादुर हमालले बताए ।

गाडी भर्खर खरिद गरिएको र एक दिनअघि मात्र गाउँपालिकामा ल्याइएको सूचना अधिकारी हमालको भनाइ छ।

प्रहरीले तोडफोड गर्नेको खोजी जारी राखेको जनाएको छ। केही दिनअघि मात्रै पालिकाका दुई वडाध्यक्षमाथि पनि आक्रमण भएको उनको भनाइ छ ।