मोरङ— मोरङ, झापा र उदयपुरबाट प्रहरीले लागू औषध सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्याम कुमार यादव, अन्जु मण्डल, अशारु चौधरी, रोनिस दाहाल र बसन्त मोते रहेका छन् ।
मंगलबार बेलुका ६ बजे मोरङको विराटनगर महानगरपालिका १६ हुलासचौक स्थितबाट लागू औषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले कोशी गाँउपालिका वडा नं.३ बस्ने श्याम कुमार यादवलाई ब्राउन सुगर १ ग्राम ५१० मिलिग्राम सहित पक्राउ गरिएको छ ।
सोही दिन झापा भद्रपुर नगरपालिका ४ डाँगीबारी स्थितबाट वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ अनारमनि बस्ने अन्जु मण्डल र बिर्तामोड नगरपालिका १ सुर्यनगर बस्ने अशारु चौधरीलाई ब्राउन सुगर २ ग्राम ०४० मिलिग्राम सहित पक्राउ गरिएको छ ।
मंगलबार बेलुका साँढे ६ बजे उदयपुर त्रियुगा नगरपालिका ११ स्थितबाट जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका १० का २३ बर्षीय रोनिस दाहाल र १८ बर्षीय बसन्त मोतेलाई लागू औषध ट्रामोल ५५ क्पाप्सुल, तत्काल नाम नखुलेको औषधी ३२ क्याप्सुलसहित पक्राउ गरिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।