काठमाडौ— तीनकुने घटनासम्बन्धी थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। साथै, क्यान्सर पीडित प्रसाईँको अस्पतालमा उपचारको व्यवस्था गर्न समेत अदालतले निर्देशन दिएको छ।
अदालतले यो आदेश बिहीबार मध्यराति न्यायाधीश ध्रुबराज कार्कीको इजलासबाट दिएको हो।
प्रसाईँको तर्फबाट बहस गरेका अधिवक्ता स्वागत नेपालले अदालतको इतिहासमा पहिलो पटक थुनासँगै उपचारको व्यवस्था गर्न आदेश आएको बताएका छन्।
थुनछेक बहसमा संलग्न ३९ जनामध्ये प्रसाईँसहित ७ जनालाई थुनामा पठाउने निर्णय भएको छ।