काठमाडौँ । शुक्रबारबाट न्याय सेवाको कानुन समूहमा एक सचिव पद रिक्त भएको छ । बिहीबार रातिदेखि कानुन समूहका सचिव फणीन्द्र गौतम अनिवार्य अवकाशमा गएका हुन् ।

उनी ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए । २०८० भदौं २१ गते नेपाल न्याय सेवा कानुन समूहको सचिवमा बढुवा भएका गौतमले दुई वर्ष ३ महिना सचिव भएर काम गरेका थिए । 

गौतम अवकाशमा गएपछि रिक्त भएको सचिव पदमा कानुन समूहका सहसचिव कलानिधि पौड्याल र पुष्कर सापकोटामध्ये एक जना सचिवमा बढुवा हुने सम्भावना रहेको निकटस्थहरू बताउँछन् ।

मङ्सिरमा नै मुख्यसचिव एकनारायण अर्याल र राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी अनिवार्य अवकाशमा गएका थिए ।