एजेन्शी । चीन भूकम्प नेटवर्क केन्द्रका अनुसार उत्तरपश्चिम चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा भूकम्प गएको छ।
बिहीबार किजिल्सु किर्गिज स्वायत्त प्रान्तको अक्की काउन्टीमा ६.० म्याग्निच्युडको भूकम्प दर्ज गरिएको छ। भूकम्पको केन्द्रबिन्दु ४१.१३ डिग्री उत्तर अक्षांश र ७८.४० डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ भने यसको गहिराइ १० किलोमिटर रहेको छ।
प्रारम्भिक विवरण अनुसार भूकम्पबाट ठूलो क्षति भने भएको छैन।






































