चितवन। भरतपुर महानगरपालिकाको २२१ कोठाको निर्माणाधीन छ तले भवन प्रायः पूरा भएको छ । 

महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार रु ५३ करोड ३२ लाख ४१ हजारको लागतमा निर्माणाधीन भवनको ८८ प्रतिशत काम पूरा भएको छ ।

आफ्नै भवन नहुँदा महानगरपालिकाले नौ वटा भवनबाट  सेवा प्रवाह गरिरहेको छ ।