काठमाण्डौ । सरकारले प्रत्येक बर्ष भदौ २३ गते जेन-जी शहीद दिवस मनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिएका छन ।
बैठकले शहीदमा आश्रित परिवार आमा-बा, श्रीमान वा श्रीमती र छोराछोरीलाई शहीद परिवार परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ । यसैगरी, बैठकले आगामी माघ १ गतेदेखि एकपटकमा ५ लाख रुपैयाभन्दा बढी रकम बैँक तथा वित्तिय संस्थामार्फत मात्र कारोवार गर्ने निर्णय गरेको छ ।
बैठकले प्रेस काउन्सिल नेपालको अध्यक्षमा कुमार शर्मा आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिएका छन।






































