एजेन्शी । हङकङको ताइ पो आवासीय क्षेत्रमा बुधबार दिउँसो भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १३ पुगेको छ। मृत्यु हुनेमध्ये एक जना अग्नि नियन्त्रक समेत रहेको चिनियाँ समाचार संस्था साउथ चाइना मर्निङ पोस्ट ले पुष्टि गरेको छ। आगलागीमा १५ जना गम्भीर घाइते भएका छन्।
ताइ पो जिल्लास्थित एक आवासीय अपार्टमेन्ट कम्प्लेक्समा स्थानीय समय अनुसार दिउँसो २ बजे सुरु भएको आगलागी अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन।भवनको मर्मतका क्रममा लगाइएको बाँसको स्काफफोल्डिङमा लागेको आगो छिमेकी ब्लकहरूमा समेत फैलिँदा क्षति झन् ठूलो बनिएको अधिकारीहरूले जनाएका छन्।
ताइ पोस्थित फुक कोर्ट नामक आवासीय क्षेत्रमा रहेका ८ ब्लकमध्ये ७ ब्लक आगोले चपेटामा परेका छन्। घना बसोबास भएका भएकाले भवनभित्र धेरै मानिस फसेको अनुमान गरिएको छ। अतिक्रमण गरेको आगो निभाउन र फसेकालाई उद्धार गर्न ६६७ अग्नि नियन्त्रक,४०० प्रहरी अधिकारी परिचालित गरिएको छ।
अत्यधिक तापका कारण माथिल्ला फ्ल्याटमा पुग्न कठिनाइ भइरहेका अग्नि नियन्त्रक दलका उपनिर्देशक चानले फसेकालाई झ्याल बन्द गरी बस्न,तुरुन्तै सहायता माग्न अपिल गरेका छन्।सुरुमा सामान्य देखिएको आगो क्रमशः ५ श्रेणीको आपतकालीन स्तरसम्म पुगेको छ। हङकङमा १ देखि ५ सम्मको श्रेणी निर्धारण गरिन्छ र ५ सर्वाधिक जोखिमपूर्ण मानिन्छ।
आगलागीपछि प्रभावित भवनहरूबाट ७०० भन्दा बढी बासिन्दालाई उद्धार गरी ताइ पो जिल्ला कार्यालयले स्थापना गरेका ५ वटा सामुदायिक शिविरमा राखिएको छ। प्रहरीले प्रभावितका लागि आपतकालीन हटलाइन पनि सञ्चालनमा ल्याएको छ।
आगलागीको आधिकारिक कारण खुलेको छैन। तर स्थानीय बासिन्दाले भवन मर्मतमा संलग्न कामदार धुम्रपान गर्दै गरेको देखिएको बताएका छन्। आगो त्यहीबाट सुरु भएको हुनसक्ने आशंका छ । ताइ पोस्थित फुक कोर्ट नामक आवासीय क्षेत्रमा रहेका ८ ब्लकमध्ये ७ ब्लक आगोले चपेटामा परेका छन्। घना बसोबास भएका भएकाले भवनभित्र धेरै मानिस फसेको अनुमान गरिएको छ।अतिक्रमण गरेको आगो निभाउन र फसेकालाई उद्धार गर्न ६६७ अग्नि नियन्त्रक,४०० प्रहरी अधिकारी परिचालित गरिएको छ।
अत्यधिक तापका कारण माथिल्ला फ्ल्याटमा पुग्न कठिनाइ भइरहेका अग्नि नियन्त्रक दलका उपनिर्देशक चानले फसेकालाई झ्याल बन्द गरी बस्न,तुरुन्तै सहायता माग्न अपिल गरेका छन्। सुरुमा सामान्य देखिएको आगो क्रमशः ५ श्रेणीको आपतकालीन स्तरसम्म पुगेको छ। हङकङमा १ देखि ५ सम्मको श्रेणी निर्धारण गरिन्छ र ५ सर्वाधिक जोखिमपूर्ण मानिन्छ।
आगलागीपछि प्रभावित भवनहरूबाट ७०० भन्दा बढी बासिन्दालाई उद्धार गरी ताइ पो जिल्ला कार्यालयले स्थापना गरेका ५ वटा सामुदायिक शिविरमा राखिएको छ। प्रहरीले प्रभावितका लागि आपतकालीन हटलाइन पनि सञ्चालनमा ल्याएको छ।
आगलागीको आधिकारिक कारण खुलेको छैन। तर स्थानीय बासिन्दाले भवन मर्मतमा संलग्न कामदार धुम्रपान गर्दै गरेको देखिएको बताएका छन्। आगो त्यहीबाट सुरु भएको हुनसक्ने आशंका छ।
फुक कोर्ट इस्टेटमा ४ हजारभन्दा बढी मानिस बस्ने गर्छन् र यसै क्षेत्रमा १,९८४ फ्ल्याट छन्। आगलागीले ठूलो जनधन क्षति हुने अनुमान छ।






































