काठमाण्डौ । बाराको सिमरामा केही दिन अघि एमालेले शान्तिपूर्ण प्रदर्शन गरिरहेका जेनजीहरुमाथि गरिएको साङ्घातिक हमला र आज धनगढीमा युवामाथि दोहोरिएको नियोजित आक्रमणप्रति जेनजीहरुले ध्यानाकर्षण भएको बताएका छन् ।

बुधबार चार वटा जेनजी समूहले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै जेनजीको मागलाई सुन्नै नचाहने र उल्टै जेनजीहरुमाथि  केपी ओली र महेश बस्नेतले सुरु गरेको साङ्घातिक हमलाको भर्त्सना गरेका हुन् । 

जेनजीहरुले तुरुन्तै महेश बस्नेतलाई पक्राउ गरी २४ घण्टाभित्र कानुनी दायरामा ल्याउन सरकारसँग जोडदार माग गरेका छन् । 




567100136_1409087140787543_378878466045719935_n (1)