विराटनगर । झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर ०८ गते लागू औषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरीएको छ ।


मंसिर ०८ गते मोरङको अस्थायी प्रहरी पोष्ट मटेरुवाले विराटनगर-१७ स्थितमा चेकजाँचको क्रममा विराटनगर-१३ का २७ बर्षीय रोजन राईलाई ४६ ग्राम ६७ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय रानी (सिमा) ले सप्तरीको बोधेबर्साइनका दुर्गानन्द यादबलाई ४७ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।


यसै गरी जिल्ला प्रहरी कार्यालय सुनसरीले रामधुनी-५ का सन्तोष राईलाई ६७ मिलिग्राम ब्राउन सुगर सहित र झापाको वडा प्रहरी कार्यालय भद्रपुरले बिर्तामोड-४ का दिलिप कुमार माझी र उनको श्रीमती रोमा राणालाई ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।


लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको छ ।