विराटनगर ।  सुनसरी र मोरङको छुट्टा छुट्टै स्थानहरुबाट मंसिर ०८ गते प्रहरीले प्रतिबन्धित लागू औषध सहित ३ जनालाई पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय सुनसरीले भारत बिहारका राजु कुमार सोनीलाई लागू औषध INTRAZEPAM ट्याब्लेट-१४०, Tramadol-८ ट्याब्लेट सहित र सुनसरीको अस्थायी प्रहरी पोष्ट विजयपुरले धरान-१५ का सनम लिम्बुलाई ट्रामाडोल-३०० क्याप्सुल र स्पास्पेन-२४० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।


यसैगरी इलाका प्रहरी कार्यालय सिजुवाले मोरङको रतुवामाई नगरपालिका-९ का भिमदेव श्रेष्ठलाई २०६ ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।