सुनसरी । सुनसरीको धरान-२० स्थित बाट लागू औषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंसिर ०८ गते अस्थायी प्रहरी चौकी बिष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को. १ ज २१७८ नम्बरको पिकअप गाडीको डालामा ५ वटा कालो झोलामा प्याकिङ गरेर लुकाई छिपाई राखेको ५० किलोग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भए सगै चालक धनकुटा सागुरिगढी-९ का खडग बहादुर मगराती र सह-चालक दुर्गा विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गाँजा सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भई रहेको छ ।




































