मोरङ  ।  विराटनगरको सातघुम्तीमा मोडस्थित प्लाष्टिक उद्योगमा भीषण आगलागी भएको छ। उद्योगमा लागेको आगलागी नियन्त्रणका लागि विराटनगर महानगरसंगै सुनसरीका विभिन्न पालिकाबाट वारुणयन्त्र प्रयासरत रहेकाछन् ।

विराटनगरको मेन बजारमा आगलागी भएको छ । विराटनगर–७ स्थित सरस्वती प्लास्टिक उद्योगको पछाडिको क्षेत्रमा आगलागी भएको हो । आगलागी भएको क्षेत्र जलजला मोडनजिक, श्रीमहालक्ष्मी ज्वेलर्सको पछाडिको बजार क्षेत्रमा पर्छ । 

आगो तीव्र रूपमा फैलिएको छ र त्यसलाई नियन्त्रणमा ल्याउने प्रयास जारी छ। तर, अहिलेसम्म आगो नियन्त्रणमा आउन सकेको छैन।

आगलागी नियन्त्रणका लागि विराटनगरका दमकलसँगै सुनसरीका विभिन्न स्थानीय तहबाट पनि थप दमकल बोलाइएको छ। सुरक्षाकर्मी, स्थानीयबासी र दमकल टोली आगो निभाउन निरन्तर प्रयासरत छन्।

उद्योग नजिकका घर तथा संरचनाहरू जोखिममा परेका छन्। आगलागीको कारण भने अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।