काठमाण्डौ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दैछन्।
काठमाडौँले यसअघि १ खेलमा जित र अर्को २ खेलमा हार बेहोरेको छ भने २ अंकसहित पाँचौ स्थानमा छ । यस्तै, लुम्बिनी लायन्स १ जित निकाल्दै २ अंकसहित छैटौँ नम्बरमा छ ।
काठमाण्डु करण केसीको कप्तानीको टिम हो भने लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको टिम हो। यो खेल मंगलबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ ।






































